अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन्।
अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका-८ कोलडाँडामा दुर्घटना भएको थियो।
दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका-८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।
घाइते हुनेमा भूमिकास्थान-८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा-१२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।