राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते भएको र दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआइजी दीपक थापाले जानकारी दिए।
उनका अनुसार झडपका क्रममा प्रदर्शनकारीले ढुंगा हान्ने र निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले राप्रपाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको हो।
प्रदर्शनकारीमाथि सुरूमा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो। तर, प्रदर्शनकारी नरोकिएपछि लाठी चार्ज गरेको छ।
राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ।
प्रदर्शनको नेतृत्व पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले गरेका छन्। निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।