नेपाल आयरल्यान्डसँग ११४ रनले पराजित भएको छ।

आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा शुक्रबार आयरल्यान्ड ‘ए’सँग नेपाल ‘ए’ एक सय १४ रनको फराकिलो अन्तरले पराजित गएको हो।

एक दिवसीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो। आयरल्यान्डले भने तीन खेलको शृङ्खलामा २–० को अग्रता लिएको छ। यसअघि खेलिएको पहिलो एक दिवसीयमा आयरल्यान्ड २१ रनले विजयी भएको थियो।