तेह्रथुमको म्याङ्लुङ नगरपालिका-६ मा श्रीमानले धारिलो हतियार सिकल प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

सोमबार साँझ पौने ७ बजे ४६ वर्षीय दिपक लिम्बूले घरायसी विवादको क्रममा ५४ वर्षीया श्रीमती सुवास कुमारी लिम्बूलाई सिकल प्रहार गर्दा उनको घटना स्थलमा नै मृत्यु भएको हो।

श्रीमतीको हत्या गर्ने दिपक लिम्बूलाई तत्काल जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालसहितको प्रहरी टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ।

मृतक लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट अन्य थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।