झापाको काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेकी छन्।

मेचीनगर–६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी रामधुनी–७ की २४ वर्षीया कञ्चन परियारलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागुऔषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले जाँच गर्दा परियारको साथबाट १ लाख ३९ हजार नगद, ७ सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो।

उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ।