मोरङको बेलबारी नगरपालिका-१ स्थित बुधवारे भित्री सडक खण्डबाट इलाका प्रहरी कार्यलय बेलबारीले अबैध काठसहित ५ जना  नियन्त्रणमा लिएको छ । 

बुधवारे भित्री सडक खण्डबाट सुनसरी खनारतर्फ अवैध रुपमा काठ ओसार पसार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको टोलीद्धारा काठ नियन्त्रणमा लिएको हो।

भे १ ख ३२१९ नं को ट्रकमा लोड गरि ल्याएको विभिन्न जातको चिरान काठ गोलाइ तिन लाख बाउन्न हजार बराबरको काठसहित टयाक्टर चालक सुन्दरहरैचा नगरपालिका-१० बस्ने बर्ष ४४ को यमबहादुर दनुवार, २९ वर्षका नारान न्यौपाने, सुनसरी दुहवी नगरपालिका-९ बस्ने बर्ष ६० को सचाइ ऋषिदेव, बर्ष २१ का टिलु ऋषिदेव र बर्ष २३ का अबताव आलमलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरि कार्यलय बेलबारी ल्याएको प्रहरीले जनाएको छ।