नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही चैत  २० गते बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास, बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।