नेपाली कांग्रेसकी सांसद शान्ति विकले एउटा मूर्ख नेताले देश नै डुबाउने अवस्था आएको बताएकी छन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भनिन, ‘हजार जनता मूर्ख भएर देशलाई खास असर गर्दैन। तर, एक नेता मूर्ख भए देश डुबाउँछ। अब्राहम लिङ्कनको यो भनाइ वर्तमान अवस्थामा नेपालको नेतृत्वको चरित्रसँग मेल खाएको छ।’

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति इंकित गर्दै उनले कानुनले तोकेको सबै अपराध नियन्त्रण गर्छु भन्नेहरू नै अपराधमा संलग्न हुँदा जनताको जनजीवनसँग सम्बन्धित मुद्दा सबै ओझेलमा परेको तर्क गरिन्।