जीवन विकास लघुवित्त वित्तीय संस्था बेलबारी  ७ बाहुनी शाखा कार्यालयले आयोजना गरेको अन्तरक्रिया तथा डिजिटल साक्षरता  अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ  ।एक  दिन संचालन भएको सो कार्यक्रम विशेषत  ग्राहक सदस्यहरुका लागि वित्तीय सचेतना तथा उनीहरुसंग समसामयिक विषयक अन्तरकृयामा केन्द्रीत रहेको  थियो  ।संस्थाको मोबाईल बैङ्किङ्ग कसरि चलाउने ,अनलाइन डेबिट क्रेडिट कसरिप्रयोग गर्ने बिषयमा सदस्य हरु संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जीवन विकास लघुवित्त वित्तीय संस्था बेलबारी  ७ बाहुनी शाखा कार्यालयका प्रमुख रमेश श्रेष्ठले जानकारी दिए।  

WhatsApp Image 2024-03-30 at 8.03.18 PM (1)

कार्यक्रममा प्रमुख अतिथि बेलबारी   नगरपालिका वडा न ६ का वडा अध्यक्ष टेक बहादुर राईले ग्राहकलाई सानो सानो आकारको वचत तथा कर्जा कारोबारमा सहयोग गर्दै आएको संस्थाले उद्यमशील ग्राहकलाई कर्जा प्रवाह गरी तालिम समेत दिंदै आएको विषय प्रशंसायोग्य रहेको बताए ।

WhatsApp Image 2024-03-30 at 8.03.18 PM

कार्यक्रमका वक्ताहरुले लघुवित्तले ग्रामीण स्तरमा कर्जा प्रवाह गरी विपन्न तथा उद्यमशील ग्राहक वर्गमा ठूलो योगदान गरेको विषयलाई नजरअन्दाज गर्न नमिल्ने र यसले समाजमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पारी ग्रामीण तथा शहरी क्षेत्रका वासिन्दा लाभान्वित भएको बताएका थिए ।