बेलबारी नगरपालिका –२ लाल्भित्तिमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिबिरबाट १ सय ५० सर्वसाधारणले लाभान्वित भएका छन्।
नेपाली काँग्रेस वडा कार्यसमिति बेलबारी नगरपालिका वडा २ को आयोजना र नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पतालको सहकार्यमा सञ्चालित शुक्रबार सञ्चालन गरेको विशेषज्ञसहितको स्वास्थ्य शिविरमा १ सय ५० सर्वसाधारणले स्वास्थ्य सेवा पाएका हुन्।
जेनरल फिजिसियन , स्त्री तथा प्रसुति रोग विशेषयज्ञ,आखा विशेषयज्ञ ,नाक कान घाटी विशेषयज्ञ , दन्त विशेषयज्ञद्धारा चेकजाँच गरिएको थियो भने ल्याब सेवा ,इसिजी सेवा,इको सेवा ,भिडियो -क्ष रे सेवा सहित शिबिर संचालन भएको थियो ।
मोरङ क्षेत्र नं. ३ का माननीय सुनिल कुमार शर्माको एक अभियान क्षेत्र भरीका सबै वडामा निशुल्क स्वास्थ्य शिविर राख्ने भनेर जुन कार्य चल्दै आएको छ त्यस कार्यलाई मध्ये नजर गर्दै बेलबारी नगरपालिका वडा नं. २ का स्थानीय मानिसलाई निशुल्क स्वास्थ्य शिविरमार्फत सहकार्य गर्दै वडाका समस्त वडा बासि हरुलाई स्वास्थ्य शिविरका आधारमा स्वास्थ्यलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने उद्धेश्यले यो स्वास्थ्य शिविर सञ्चालन गरिएकोे बेलबारी वडा न २ का वडा उप सभापति दिपक लिम्बु दीपेन्द्रले जानकारी दिएका छन्।
शिबिर बाट जटिल बिरामीहरुलाई नोबेल अस्पताल रेफर गरिएको छ। शिबिर संचालन गर्नका लागि भवन उपलब्ध गराउनु हुने नेपाली कांग्रेसका माहासेनानी ढका प्रसाद सेधाइको छोरा राजेन्द्र सेधाइ लाई उपसभापति लिम्बुले धन्यबाद दिएका थिए।