राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिनुभएको छ।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिनुभएको हो। 

प्रादेशिक सरोकार समयमा उठाउनुभएका विषयका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ ९क० को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो।