काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन्।काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. प्रतिभा धौभडेल मृत भेटिएकी हुन्। 

जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल बिदामा काठमाडौ आएकी थिइन्।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।