नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हाइपर प्याराथ्रोइ डिज्मको शल्यक्रिया भएको छ। 

चिकित्सकहरुको सल्लाहअनुसार उहाँको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल, सकेटमा बुधबार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उहाँका स्वकीय सचिव कमल रावलले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिनुभएको छ।

उहाँमा विगत दुई वर्षदेखि स्वास्थ्य समस्या देखिएपछि भारतको नयाँ दिल्लीस्थित सो अस्पतालमा फलोअप उपचार गराउँदै आउनुभएको थियो। सांसद डा राणा चैत २ गते सङ्घीय संसद् सचिवालयलाई जानकारी गराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली जानुभएको सो विज्ञप्तिमा जनाइएको छ। 

हाल डा राणाको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुले थप परामर्शका लागि अझै केही समय अस्पतालमै रहनुपर्ने बताएका छन्।