नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।

बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए। ‘आपराधिक लाभको कसुरमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएको हो। अहिले महाराजगञ्ज प्रहरी वृत्तमा राखेर अनुसन्धान अघि बढाइएको छ’ एसपी अधिकारीले भने।

मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसूर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो।