सुनसरीको बराहक्षेत्र नपा– १, चतराधाममा यही चैत २७ गतेदेखि २०८१ वैशाख २८ गतेसम्म लाग्ने बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको व्यवस्थापन सम्बन्धमा सरोकारवालसँग जिल्ला प्रशासन कार्यालय झापामा छलफल गर्दैै जगदगुरु श्री बालसन्त मोहनशरण देवाचार्य।

उक्त महाकुम्भ मेलामा भारत, भुटान, म्यानमार तथा नेपालको विभिन्न भू–भागबाट दर्शन गर्न लाखौँको सङ्ख्यामा भक्तजन आउने भएकाले नेपाल सरकारले विशेष महत्वका साथ हेरेको छ।