सुनसरीको इटहरी उपमहानगरपालिका-१० स्थित यातायात कार्यालय नजिकै भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार दिउँसो साढे ३ बजे संविधान चोकस्थित कोशी लोकमार्गमा  इटहरीबाट विराटनगर तर्फ आउदै गरेको मे.१ ख २७३४ नम्बरको बस र बिपरित दिशातर्फ जादै गरेको को.२९ प ४७६७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक इटहरी-५ का ३७ वर्षीय भोज कुमार श्रेष्ठको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको थियो।

घटनामा संलग्न बस र चालक ५९ वर्षीय बद्री नारायण पाण्डेलाई इलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरी रहेको प्रहरीले जनाएको छ।