होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालकको शव फेला परेको छ ।
धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले जानकारी दिए ।
उदयपुरको त्रियुगा नगरपालिका वडा नं १४ स्थित धाप्लाङमा आइतबार होली मनाएर पौडी खेल्न गएका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका थिए।
शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ। बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन्।