उदयपुरको कटारीमा जीप (बोलेरो) दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। 

७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी-७ मजेतपुरमा ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ। 

चौधरीका अनुसार घाइतेको विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा उपचार भइरहेको छ।