विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको टोलीले जन्म जिल्ला ताप्लेजुङमा १५४ जनाको आँखाको मोतियाबिन्दु भएकाको शल्याक्रिया गरेको छन्।
तीन दिनको आँखा शिविरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएका रुइत नेतृत्वको तिलगंगा आँखा अस्पतालको टोलीले एक हजार २८१ जनाको आँखा परीक्षण गर्दा १५४ जनाको मोतियाबिन्दुको शल्याक्रिया गरिएको हो।
बिहीबार १ सय २ र शुक्रवार ५२ जनाको शल्यकृया गरेको आयोजक नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले जनाएको छ। शिविरमा ७८१ महिला र ५४६ पुरुष गरी १ हजार ३ सय २७ जनाले नाम दर्ता गराएकामा ४६ जना भने सम्पर्क नआएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिएका छन्।