वैशाख १५ गतेका लागि इलाम-२ मा उपनिर्वाचनको मिति तोकिएसँगै चुनावी सरगर्मी बढेको छ। यही क्रममा रास्वपाका ६ सांसद इलाम जाने भएका छन्। 

जसअनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन्। इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने रास्वपाले जनाएको छ। 

रास्वपाका अनुसार उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किनेछन्।  रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन्।