इटहरी । रोजगारीका लागि विदेशै जानुपर्छ भन्ने मान्यतालाई तोडिदिएकि छिन धरानकी एक उद्यमी महिला मनिता घिमिरेले ।स्नातकोत्तरसम्मको अध्ययन सके पनि मनिताले कुनै जागिर खोजिनन्। जागिर नै नभए पनि घरेलु उद्योग स्थापना गरेर नेपालमै पाइने जडिबुटीको प्रयोग गरी उद्योग सञ्चालन गर्दै आएकि जुन उद्योगले उनलाई समक्ष महिलाको रुपमा पहिचान बनाउन सहयोग पु¥याएको छ ।
sup 1
विगत ५÷६ बर्ष अगाडिदेखि धरान १५ मा आफ्नै घरमा घरेलु उद्योग स्थापना गरी तितेपाती, चारकोल, मह तथा निम प्रयोग गरेर उद्यमी मनिता घिमिरेले साबुन बनाउँर्दै आएको बताएकि छिन । उनले उत्पादन गरेकाे सावुनको माग धरानमा मात्र हैन सबैतिर उत्तिकै रहेकाे बताउने मनिताकाे साबुनको व्यापारले धरान एक्स्पाेमा राखिएकाे स्टलमा पनि निकै महत्व पाएकाे देखिन्छ । महिला पनि आत्मनिर्भर बन्न सक्छन् भन्ने उदाहरण पेश गर्न घिमिरेले आफूमात्र हैन अरु महिलालाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आएकाे र स्थानीय स्तरमै पाइने जडिबुटी प्रयोग गरेर बनाइएका सावुनको माग अत्याधिक रहेको उद्यमी घिमिरे बताइन ।