झापाको बाह्रदर्शी गाउँपालिका-६ स्थितमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ।

मंगलबार दिउँसो २ः०० बजे खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बुको घटना स्थलमै मृत्यु भएको थियो।

घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोलीले कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।