मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित न्यायिक समितिको आयोजनामा भएको मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम सम्पन्न भएको छ।
उक्त तालिमको समापन समारोहमा नगरप्रमुख केदारप्रसाद गुरागाई प्रमुख अतिथि थिए। उनले न्यायिक समितिको आयोजनामा भएको मेलमिलाप सम्बन्धि आठ दिवसीय आधारभूत तालिम महत्त्वपूर्ण भएकोले यसबाट सकारात्मक कुरा सिकेर व्यवहारमा लागु गरि अघि बढ्न आवश्यक भएको बताएका छन्।
उनले अनलाईन प्रबिधिबाट उजुरी दिन सकिने कार्यको ओपनिङ गर्दै न्यायिक समितिले समाजमा गलत र सहि कुराको सत्य तथ्य छानबिन गरि नगरको समस्या नगरमै सावधान गरेर नगरवासीहरुलाई उचित न्यान दिनु पर्ने उल्लेख गरेका छन्।
तालिमको समापन कार्यक्रममा ३५ जाना सहभागी व्यक्तित्वहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा प्रशिक्षक तथा राष्ट्रिय स्रोत व्यक्ति संगिता थापा तथा प्रशिक्षक चेतराज विष्टलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। फागुन १ गते देखि आठ दिन सम्म सञ्चालन भएको तालिमको समापन समारोहमा तालिममा सहभागीको तर्फबाट प्रेमप्रसाद भट्टराई ,रन्जना शाही ,भोलानाथ बजगाई , पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायत रहेका थिए ।
"हाम्रो समस्या हाम्रै समाधान : मेलमिलाप" भन्ने नाराका साथमा सुन्दरहरैंचामा न्याय सम्पादनका लागि आधारभूत तालिममाअनलाईन प्रविधिबाट उजुरी दिन सकिने व्यवस्थाको समेत सुरूवात भएको उजुरी प्रशासक निरोज न्यौपानेले बताएका छन्। कार्यक्रम नगर उपप्रमुख अकली चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो।