काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन्। लघुवित्त पीडितहरुले बुधबार काठमाडौंको सिफल चौरदेखि बालुवाटारसम्म मार्च गरेका हुन्।
पूर्वदेखि पश्चिमसम्मका लघुवित्त पीडितहरु मुग्लिनमा जम्मा भएर पैदलयात्रा सुरु गरेका थिए। फागुन १ गते मुग्लिन आइपुगेका उनीहरु त्यहाँबाट ७ दिन हिँडेर काठमाडौं आईपुगेका थिए।
करिब ३ हजारको संख्यामा रहेका उनीहरुमा अधिकांश महिला छन्।