झापाको मेची नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बेलुका साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको मोटरसाईकलमा सवार झापाको मेचीनगर नगरपालिका-५ घैलाडुब्बाका २८ बर्षिय मनिष राईलाई ३ ग्राम लागूऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको थियो ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।