त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। तरल सुन तिनवटा क्याप्सुल आकार बनाएर लुकाएर ल्याएको अवस्थामा उक्त सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय प्रहरीले जनाएको छ।
अर्धठोस बनाएर ल्याइएको अवस्थामा सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरेको छ।
उनी दुबईको विमानबाट सोमबार राती काठमाडौं ओर्लिएका थिए। प्रहरीले थप अनुसन्धानका लागि उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।