कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

मोटरसाइकलमा यात्रा गरिरहेका बेल्डाँडी गाउँपालिका–३ खैरीघाटका २४ वर्षीय जीवन चन्द चितुवाको आक्रमणमा परी घाइते भएका हुन।

कुण्डा सव डिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवका अनुसार चन्दलाई बेलौरी नगरपालिका–८ खपटी खोला नजिकै हुलाकी सडकमा  शुक्रबार साँझ चितुवाले आक्रमण गरेको हो।

आक्रमणमा परी चन्दको हातमा चोट लागेको छ। उनको मोटरसाइकलमा समेत क्षति पुगेको प्रमुख यादवले बताउनुभयो। गत वर्ष पुर्नबास र बेलौरी नगरपालिकामा बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो।