माइतीघरमा राखिएको निषेधाज्ञाको ब्यानर जलाउने ३ जना पक्राउ परेका छन् ।
शुक्रबार माइतीघरको निषेधाज्ञा हटाउनु पर्ने भन्दै निषेधाज्ञाको ब्यानर जलाउने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मृतक आरती साहका दाइ प्रेम साह, धर्ना बसिरहेका गोरखाका तेल घलेलगायत छन्। उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर ,आरती साहलाई न्याय दे, भ्रष्टाचारी आर्मी मुर्दावाद जस्ता नारा पनि लगाएका थिए।
सरकारले माइतीघर मण्डललाई निषेध क्षेत्र घोषणा गरेपछि माइतीघरमा धर्ना रहेकाहरूलाई शान्तिबाटिकामा धर्ना बस्न भनिएको थियो। त्यहाँ पनि धर्ना बस्न नदिएपछि उनीहरू शान्तिबाटिकाको बाहिर बसिरहेका थिए।
शुक्रबार बिहान महानगर प्रहरीले त्यहाँबाट पनि भृकुटीमण्डप लगेको थियो। त्यसपछि उनीहरुले माइतीघर राखिएको निषेधाज्ञाको ब्यानर जलाएका हुन्।