प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गर्नुभएको छ। बिहान हेलिकप्टरमार्फत पाथीभरा आउनुभएका शर्माले पाथीभराको दर्शन गरेर फर्किनुभएको हो। 

पाथीभरा दर्शनका क्रममा ताप्लेजुङ आउनुभएका प्रधान सेनापति महारथि प्रभुराम शर्मालाई पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे मायाको चिनो हस्तान्तरण गर्नुभएको छ । 

नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका शर्मा पाथीभराको दर्शन (पूजापाठ) पछि सुकेटार विमानस्थल हुँदै फर्किनुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

पाथीभराको दर्शनपछि यस क्षेत्रमा पछिल्लो समयमा भएको समग्र परिवर्तनले आफू उत्साहित बनेको उहाँले बताउनुभयो। गत वर्ष पनि पाथीभराको दर्शनमा आउनुभएका शर्माले यस पटक आउँदा पाथीभरा क्षेत्रमा धेरै परिवर्तन भएको बताउनुभयो। शर्मा सुकेटार विमानस्थल हुँदै काठमाडौँ फर्किनुभएको छ।