मोरङमा एकवर्षको अबधीमा ७३९ सवारी दुर्घटना भएका छन्। जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन्।

मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन्। जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो।

प्रहरीले सवारी चेकजाँच र कारबाही गरेपनि दुर्घटना, यसको क्षतिको अवस्था उस्तै रहेको देखिन्छ। प्रहरीले एकवर्षमा ट्राफिक सचेतनासँग सम्बन्धित चार हजार ६८३ कार्यक्रम आयोजना गरेर एकलाख १० हजार जनासम्म पुगेको छ।