बेलबारी। डाँगीहाट जागृति युवा क्लब, बेलाबारी-९,डाँगीहाट,मोरङ द्वारा आयोजित दोस्रो प्रदेश स्तरीय फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा धरान फुटबल क्लब, धरान, सुनसरी आयोजकलाई सडन डेथमा ७-६ गोलान्तरले हराउदै फाईनल प्रवेश गरेको छ।
स्थानीय काली माबी खेल मैदानमा निर्धारित समय र पेनाल्टी सुट आउटमा पनि बराबरी भए पछि खेलको छिनोफानो सडन डेथ बाट गरिएको थियो। जसमा धरान भाग्यमानी रहे।
पेनाल्टीमा आयोजक तर्फ बाट एनेस मगर, मौसम सुब्बा, अरुण लिम्बु र महेन्द्र कार्की गोल गरे। उमेश राईको पहिलो प्रहार धरानका गोलकिपर सचिन श्रेष्ठले रोके। धरान फुटबल क्लबको तर्फ बाट मिलन राई,बिक्कु राई,रोमन लिम्बु र सचिन श्रेष्ठ ले गोल गर्न सफल भए। तर दोर्जे तामाङको चौथो प्रहार भने आयोजकको गोलकिपर सुगम कार्कीले रोके।
सडन डेथमा धरानका मिलन लिम्बु,रिवस श्रेष्ठ र ईन्शान राई सफल भए । आयोजक तर्फ बाट आदित्य तामाङ, शंकर राई गोल गरे पनि कोमल खवासको आठौं प्रहार बाहिरिदा आयोजक टिम सेमिफाइनल बाट बाहारियो।खेलको man of the match धरान फुटबल क्लबका गोलकिपर सचिन श्रेष्ठ भए। उनले नगद रु २ हजार ५ सय र मेडल पुरस्कार प्राप्त गरे।
अब उपाधिको लागि धरानले फाल्गुन ५ गते सिङ्गदेबी युवा क्लब, सिधुवा, धनकुटा सङ्ग खेल्ने छ। हिजो भएको पहिलो सेमिफाइनलमा धनकुटाका टिम APF पकलीलाई हराउदै फाईनल प्रवेश गरेको हो।
कोशी प्रदेशको कुल आठ टिमको सहभागितामा तथा आरजु राईस मिल,बेलबारी-९ को मुख्य प्रायोजनमा गत माघ २६ गते देखि भई रहेको प्रतियोगिताको बिजेताले नगद रु १ लाख ५१ हजार साथमा ट्रफी र मेडलहरु प्राप्त गर्ने छ। उपबिजेता टिमले नगद रु ७१ हजार ५ सय साथमा ट्रफी र मेडलहरु प्राप्त गर्नेछन् । प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिने आयोजक क्लबको सचिब आशिष कार्कीले बताउनु भएको छ। राइजिङ्ग खेलाडी,हाई स्कोरर,बेस्ट (गोलकिपर,डिफेन्स,मिल्ड फिल्डर,फारवार्ड,कोच) लाई जनही पाँच हजार र ट्रफी प्रदान गरिने छ। त्यस्तै प्रतियोगिताको सर्बोकृष्ट खेलाडीले नगद रु, सात हजार र ट्रफी प्राप्त गर्ने छ।