विराटनगर, २९ माघ । 

 अजकै अवस्थामा रहने हो भने नेपालमा भोलिको दिनमा स्वास्थ्य क्षेत्रमा जनशक्तिको ठुलो अभाव आउने स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।  

सोमबार विराटनगरमा आयोजना गरिएको स्वास्थ्य क्षेत्रको समस्या र समाधानका उपायहरु विषयक अन्तक्रिर्या कार्यक्रममा विज्ञहरुले जनशक्ति अभावको समस्या समाधान नगरे मुलुकले ठूलो जोखिम व्यहोर्नुपर्ने बताए  । एक कार्यपत्र प्रस्तुत गर्दै डा. शंकर प्रसाद अधिकारीले नेपालमा प्रति हजार २ दशमलब ३ प्रतिशत डाक्टर र नर्स चाहिनेमा शुन्य दशमलब छ सात प्रतिशत मात्र डाक्टर र नर्स रहेको तथ्यांक रहेको बताए । उनले एकातिर चिकित्सक र नर्सको अभाव भईरहेको बेला विभिन्न आन्दोलनका नाममा डाक्टर र नर्स उत्पादन गर्ने क्याम्पस र मेडिकल कलेजहरु खोल्न नदिनु बिडम्बनापूर्ण रहेको 

 भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था र विराटनगर महानगरपालिकाले आयोजना गरेको सो अन्तक्रिर्या कार्यक्रममा सहभागिहरुले उपचारमा हुने खर्च न्यून गर्न जनतालाई स्वस्थ हुन जनचेतना जगाउनु पर्ने बताए । 

सो कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख उपप्रमुख, विभिन्न मेडिकल कलेजका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि र नागरिक समाजको सहभागिता रहेको थियो ।