विराटनगर, २९ माघ । 

 कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठकले प्रदेश किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको छ ।

सोमवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोरङको कानेपोखरी गाँउपालिकाको प्रमुख प्रशासकिय भवन वडा नं. ५ स्थित भौसाबारीमा र्सार्न संघीय सरकारलाई सिफारिश गर्ने निर्णाय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवम आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर र्राईले जानकारी दिए । उनले सो भवन सार्नको लागि गाउँसभाको दुई तिहाई बहुमतले निर्णय गरेको र उक्त निर्णय कार्यान्वयन गराउन अदालतबाट समेत फैसला आएको हुँदा सोही अनुसार भवन सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय भएको बताए ।

यसैगरी मन्त्रीपरिषद बैठकले बराह पोखरी गाँउपालिकाको नाम परिवर्तन गरी बाराहापोखरी गाँउपालिका राख्न सो गाँउपालिकाले सिफारिश गरे अनुसार संघिय सरकारलाई सिफारिश गर्ने निर्णाय गरेको प्रवक्ता र्राईले जानकारी दिए । त्यस्तै मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष ०८०/८१ को लागि समपुरक र विशेष अनुदान सम्बन्धी पनि केही निर्र्णयगरेको जनाएको छ ।