झापा र मोरङ जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-८ बाट स्थानीय २३ वर्षीया गीता बिष्ट र मेचिनगर-१० का ३१ बर्षीय मेग्देन गुरुङलाई १ ग्राम ५ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरी, ईलाका प्रहरी कार्यालय केराबारी मोरङबाट खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ का २१ वर्षीय योगेश राईलाई केराबारी-७ खदम खोला किनारबाट प्रतिबन्धित औषधी ट्रमाडोल र डिकोलिङं गरी जम्मा ३६० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।