केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार बुधबार बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी  अरुण चौधरीसहित अन्य तीन जनालाई रिहा भएका छन्।

जिल्ला अदालत काठमाडौँको आदेशअनुसार हाजिरी जमानीमा आज तीनै जनालाई  छाडिएको छ ।  यद्यपि सो प्रकरणको अनुसन्धान भने जारी रहेको छ । 

सोमबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले अनुसन्धानमा सहयोग गर्ने गरी हाजिर जमानीमा छाडी बाँकी अनुसन्धान पूरा गर्न सीआईबीलाई आदेश दिएको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९६० बमोजिम अदालतले उक्त आदेश दिँदै प्रतिवादीहरुलाई २५ दिनसम्म राखी अनुसन्धान गर्ने पर्ने सम्मको अवस्था नदेखिएको पनि ठहर भएको थियो ।