धरहरामा खुला गरिएको निस्शुल्क पार्किङ बन्द गर्न पत्र पठाइएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आक्रोश व्यक्त गरेका छन्।
धरहराको निर्माण कार्य जारी रहेको बताउँदै पार्किङ बन्द गर्न पठाइएको बालेनको भनाइ छ । धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्ति माथि रजाइँ गर्ने मनसाय देखिएको बालेनले आरोप लगाएका छन् ।
"हामी काठमाडौँ महानगरमा रहुन्जेल कसैको निजी स्वार्थको लागि सार्वजनिक सम्पत्ति प्रयोग हुन दिने छैनौँ,’ भन्दै मेयर शाहले सो स्थानमा पार्किङ बन्द नहुने र महानगरको पहलमा अहिलेको लागि निस्शुल्क सञ्चालन हुने स्पष्ट पारेका छन्।