अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । २९ वर्षीय चु बिङचाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।
काठमाडौंबाट चाईना साउथर्नको उडानद्वारा चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा डलर फेला परेपछि पक्राउ गरिएको प्रहरीको जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ।