मोरङको रंगेलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो ३ बजेको समयमा मोरङको रंगेली नगरपालिका-३ आनन्द ईटा भट्टामा को १ त ८५७८ नम्बरको ट्याक्ट्ररले माटो बोक्ने क्रममा सोही भट्टाका मजदुर भारतको कुच बिहार बंगाल बस्ने ५५ वर्षीय बिसन्दु मियालाई ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

ट्याक्टर चालक स्थानीय २१ वर्षीय बिवस मुर्मुलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको छ।

घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।