मोरङको कानेपोखरीमा टाटा पिकअप गाडीको ठक्करबाट शनिबार राति एक जना महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुर्घटना हुँदा अन्दाजी ४०/४५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी गणेश श्रेष्ठले श्रेष्ठले जानकारी दिनुभयो।
झापाबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्रा गरिरहेकी महिलालाई राति ९ः२० बजेतिर ठक्कर दिएको थियो।
दुर्घटनामा परेर गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए।
पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान अघि बढाएको छ । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको जनाएको छ ।