प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बेलायती सेना प्रमुख सर प्याट्रिक स्याण्डर्सले शिष्टाचार भेटवार्ता गरेका छन्।

माघ १५ गते नेपाल भ्रमणमा आएका सेना प्रमुख स्याण्डर्सले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन्।

भेटघाटमा दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले बताए । दुई देशबिचको पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको थियो ।

भेटमा नेपालका सेना प्रमुख स्याण्डर्ससँग बेलायती राजदूत रब फेन पनि सहभागी थिए । स्याण्डर्स माघ २० गतेसम्म नेपालमा रहने बताइएको छ ।

यसैबिच, बेलायतका विकास मन्त्री पनि फेरवरीको दोस्रो साता नेपाल भ्रमणमा आउन लागेका छन्।