इलाम  माङसेबुङबाट श्रीमतीको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

माङसेबुङ गाउँपालिका–२ इभाङका बालध्वज लिम्बूले करिब ६२ वर्षीया हस्तकुमारी लिम्बूको कुटपिट गरी हत्या गरेको आरोपमा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ।  

तामाखोला दोभानमा बस्दै आएका उनीहरुबिच शुक्रबार साँझ झै-झगडा भएको थियो । झगडाका क्रममा बालध्वजको कुटपिटबाट गम्भीर घाइते भएकी हस्तकुमारीको झापाको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान निधन भएको थियो।

श्रीमतीको शव लिएर माङसेबुङ आएका बालध्वजलाई प्रहरी चौकी इभाङको टोलीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।