मोरङ व्यापार संघले कर प्रणाली सुधारका लागि विभिन्न सुझाव पेस गरेको छ। कर प्रणाली सुधारका लागि सरकाद्वारा गठित उच्चस्तरीय सुझाव समितिद्वारा आयोजित अन्तरक्रियात्मक कार्यक्रममार्फत संघले सुझाव बुझाएको हो।

संगठनका अध्यक्ष नवीन रिजालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले सुझावसहितको पत्र बुझाएको छ। सुझावमा सीमा नाकाबाट हुने विशेषगरी विभिन्न १७ वटा दैनिक उपभोग्य सामग्रीहरूको मूल्याङ्कन तथा भन्सार महसुल दर घटाउनुपर्ने बताइएको छ।

साथै, देश भरीका जिल्ला/नगर उद्योग वाणिज्य सङ्घहरूबाट सङ्कलित निजी क्षेत्रका उद्योगरव्यवसाय प्रतिष्ठानहरूको हकहित सम्बन्धी सुझाव समेत संघले दिएको  छ। यसबाहेक, मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगरव्यवसाय प्रतिष्ठानहरूका राजस्व सम्बन्धी विभिन्न सुझावहरू संकलन गरी आयोग समक्ष बुझाइएको छ। 

संघको प्रतिनिधिमण्डलले विराटनगर पुगेको कर प्रणाली सुधारका लागि गठित उच्चस्तरीय सुझाव समितिको टोलीलाई यी सुझाव दिएको हो।