नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार २०८० वरिष्ठ पत्रकार प्रतिक प्रधानलाई प्रदान गरिएको छ।
आइतबार विराटनगरमा एक कार्यक्रमको बीच नोना कोइराला स्मृति प्रतिष्ठानले स्थापना गरेको सो पुरस्कार प्रतिष्ठानका संरक्षक नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नगद २५ हजार र सम्मान पत्र सहित प्रदान गरेका हुन्।
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुकमा दण्डहिनता अत्यधिक बढेको र भ्रष्टाचार चरम सिमामा पुगेकाले मुलुक अत्यन्त जटिल अवस्थामा गुज्रेको बताए । उनले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र बोल्बन पाउने अधिकार मात्र नभएको स्पष्ट पार्दै जनताको जीवनस्तर सुधार गर्न नसकिए प्रजातन्त्रको कुनै अर्थ नहुने बताए । नेता कोइरालाले अहिले देश अप्mट्यारो परिस्थितिमा रहेको धारणा राखे।
डा. शेखर कोइराला, वरिष्ठ नेता, नेपाली कांग्रेस
सो कार्यक्रममा पुरस्कृत वरिष्ठ पत्रकार प्रतिक प्रधानले पत्रकारहरुले पुरस्कार पाउनका लागि भन्दा पनि जनतालाई सुसूचित गर्न लागिपर्नुपर्ने धारणा राखे उनले पार्टी पत्रकारीता नभई पत्रकार स्वतन्त्र हुनुपर्ने बताए।
सो पुरस्कार वितरण कार्यक्रममा विभन्न संघसस्था बुद्धीजिवी र राजनीतिक दलका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।