ताप्लेजुङको प्रसिद्ध पाथीभरा मन्दिर क्षेत्रमा तामाको स्वागतद्धार बन्ने भएको छ।

पाथीभरा क्षेत्र विकास समितिले भेटीमा चढाएको तामाबाट क्षेत्र विकास समितिले तीर्थालुका लागि स्वागतद्धार बनाउने निर्णय गरेको हो।

समितिका अध्यक्ष रक्की थेबेले मन्दिरमा संकलन भएको तामाबाट स्वागतद्धार बनाउने निर्णय भएको बताउनुभयो। समितिका अनुसार मन्दिरमा ६ हजार ५ सय ३९ किलो तामा संकलन भएको छ।

क्षेत्र विकास समिति र अन्य संघ-संस्थाको बैठकमा बिक्री गरेर आम्दानी निकाल्ने वा प्रयोग गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा प्रयोग गरौं भन्ने विषयआएकोले स्वागतद्धार बनाउने तयारी भएको हाङवाङले बताउनुभयो ।