माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको छ।

शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लाकार्ड बोकेर लिएर प्रदर्शन गरेका हुन्।

उनीहरूले माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको बताउँदै  प्रदर्शन गरेका थिए।

प्लाकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका माग उल्लेख थियो।