यहि माघ ८ गते भारतको अयोध्यामा गरिने भगवान रामको प्राण प्रतिष्ठा कार्यक्रमको उपलक्ष्यमा विराटनगरमा दीप प्रज्वलन तथा राम मन्दिरहरुमा आरति कार्यक्रम आयोजना गरिने भएको छ ।

विराटनगरमा बुधबार हिन्दु स्वयंसेवक संघ, झिः पुच विराटनगर, न्यूरो बंगलामुखि सोसाइटी, ब्रम्हकुमारी राजयोग केन्द्रको संयुक्त आयोजना विराटनगरका सडकहरुमा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्न लागिएको न्यूरो अस्पतालका अध्यक्ष डा. वीरेन्द्र कुमार विष्टले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । 

राम जन्मभूमि अयोध्यामा श्री रामको बाल स्वरुपको नयाँ र्मुिर्तको प्राण प्रतिष्ठाले नेपाल भारतको सम्बन्धमा पनि प्रगाढता आउने भएकाले विराटनगरका हिन्दु समुदायको तर्फाट मोटर साइकर्ल याली लगायतका कार्यक्रमहरु पनि आयोजना गरिने बताइएको छ ।

 अध्यक्ष डा. विष्टले करिब ५ सय वर्षदेखि राम जन्मभूमि अयोध्यामा भगवान रामको मन्दिर बनाउने इच्छा पूरा भएकाले समस्त हिन्दुहरुको तर्फाट विराटनगरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले सो दिन विभिन्न राम मन्दिरहरुमा सरसफाई गर्नुका साथै प्रत्येक घरमा ५र५ वटा दियो बाल्न आग्रह गरिने बताए ।

डा. वीरेन्द्र कुमार विष्ट, अध्यक्ष, न्यूरो अस्पताल विराटनगर ।