भोजपुरको पुरानो बसपार्क क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि युवाले श्रमदान मार्फत मर्मत गरेका छन्।
दैनिक सयौँका सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि युवाहरूको अगुवाइमा गरिएको श्रमदान अभियान मार्फत सिमेन्ट, गिट्टी, बालुवा प्रयोग गरेर मर्मत गरिएको हो ।
सडकका कारण बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको र आवतजावतमा समस्या भएपछि आफूले व्यक्तिगत रूपमा मर्मतका लागि सहयोग गरेको भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बताउनुभयो।
दैनिक जसो स्थानीयले भोगेका सास्तीलाई नगरपालिकाले बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवासङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिनुभयो।