बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । यसअघि गत पुस १३ गते अदालतबाट दोषी ठहर गरिएका लामिछानेलाई सजाय तोक्नका लागि आज पेसी तोकिएको थियो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई जबरजस्ती करणी मुद्दामा दोषी ठहर गरेको थियो । लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

जिल्ला अदालतको फैसला चित्त बाुझ्दो नभएको भन्दै सन्दीपका वकिल सरोज कृष्ण घिमिरे सहित लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।