सभामुखमा राप्रपाका विष्ट÷ विराटनगर
विराटनगर २४ पौष ।
विगत ६ महिना देखि रिक्त रहेको कोशी प्रदेशको सभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादु विष्ट निर्विरोध निर्वाचित भएका छन् ।
नियुक्त भए लगत्तै नवनिर्वाचित सभामुख विष्टलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनियताको शपथ गराएका छन् । सभामुख पदमा एक मात्र उम्मेदवारी परेको भन्दै मंगलबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन ।
सत्ता गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय गरेपछि एमालेले पनि विष्टलाई समर्थन गरेको थियो । झापाको गौरादह निवासी ७० वर्षीय विष्टलाई सभामुख बनाउन राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला प्रस्तावक र राप्रपाकै प्रेमराज थाम्सुहाङ समर्थक गरेका थिए ।
शपथ लिइ सकेपछि संचरकर्मीहरु संग कुरा गर्दै नवनिर्वाचित सभामुख विष्टले संविधानको परिधि भित्र रहेर काम गर्ने बताए उनले पार्टीमा कुनै कारवाही गर्ने निर्णय नभएको स्पस्ट पारे ।
नेकपा एमाले कोशी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले गठबन्धनको दल बाहिरवाट उम्मेदवारी दिएका कारण राप्रपालाई समर्थन गरेको बताए ।
कोशी प्रदेश सरकारलाई स्थिरता बनाउनको लागि नै नेपाली कांग्रेले राप्रपालाई समर्थन गरेको नेपाली कांग्रेसका कोशी प्रदेश संसद सदस्य एवंम् पुर्व मन्त्री प्रदिप सुनुवारले बताए ।
राप्रपा कोशी प्रदेशका संसदियदलका नेता भक्तिप्रसाद सिटौलले सवै पार्टीहरु संगको सल्लाहमा नै पार्टीले निर्णय गरेर केन्द्रीय सदस्य विष्टलाई सभामुखमा निविरोध गराइएको बताए । उनले पाटीले कारवाही गर्ने भन्ने विषयमा कुनै आधिकारीका निर्णय नभएको बताए ।
सभामुखको शपथग्रहण समारोहमा मुख्यमन्त्र्री केदार कार्की, पुर्व मुख्यमन्त्रीहरु,पुर्व सभामुखहरु, उपसभामुख , प्रदेशका सचिवहरु,सुरक्षाकर्मीहरु लगायत उच्चपदस्त कार्मचारीहरु र पार्टीका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।