आज मोरंग प्याब्सनको ३३ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरि मोरंग जिल्ला भरि मनाएको छ। बेलबारी नगर प्याब्सनले पनि आज
मोरंग प्याब्सनको ३३ औ स्थापना दिवसको अवसरमा शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले बेलबारी नगर प्याब्सनले एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ। प्याब्सनले बेलबारी नगरपालिका वडा न ९ मा अवस्थित ज्ञानोपार्जन आधारभूत विद्यालयलाई सुइटर वितरण गरेको ।उक्त कार्यक्रम मा बेलबारी नगर प्याब्सन का अध्यक्ष भगवती प्रसाद घिमिरेको अध्यक्षतामा तथा बेलबारी नगरपालिका वडा न ९ का वडा अध्यक्ष सालिग्राम बस्नेतको प्रमुख अथितीमा आयोजना बह्येको थियो।
कार्यक्रममा प्याब्सन ले सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा समाजमा विभिन्न किसिमका कार्यक्रमहरु गर्ने निजि तथा सामुदायिक बिद्यालयका बिचमा सम्बन्ध कायम गर्दै लाने बेलबारी नगर प्याब्सन अध्यक्ष भगवती प्रसाद घिमिरेले बताए।
यस्तै कार्यक्रममा प्याब्सनले बिध्यार्थिहरुलाई न्यानो कपडा वितरण गर्नु भयो त्यो सहारनिय छ ,ज्ञानोपार्जन आबि लाई सहयोगको एकदमै आवश्यक छ ,विद्यालयलाई न नगरले न वडाले अहिले सम्म एक रुपैया दिएको छ बिद्यालयका प्राध्यानाधापक भारत धिमालले गुनासो पोखेका थिए।
प्याब्सनले बिद्यार्थी संगै केन्द्रित गरिएको छ ,बालबालिकाहरु शैशिक सामाग्री वितरण गरेर प्याब्सन संगै सरोकार राख्ने शैशिक
सस्था सामुदायिक बिद्यालयमा बिध्यार्थिहरुलाई चाइने सामग्री वितरण गर्दै आएको छ मोरंग जिल्ला प्याब्सन सचिब जगत बस्नेतले बताए।
सामुदायिक विद्यालयको समस्या देखेर आज बेलबारी नगरपालिका वडा न ९ को ज्ञानोपार्जन आबिमा बेलबारी नगर प्याब्सनले सामाजिक उतरदायित्ब अन्तर्गतको केहि रकम छुट्याएर न्यानो कपडा वितरण गरेकोमा कार्यक्रम का प्रमुख बेलबारी नगरपालिका वडा न ९ का वडा अध्यक्ष सालिग्राम बस्नेतले धन्यवाद दिएका थिए।
प्याब्सनले बिद्यालयमा अध्यायनरत ७० जना भन्दा बढी बिध्यार्थिहरुलाई सुइटर वितरण गरेको थियो। मोरंग प्याप्सनले हरेक पुष २४ गते वार्षिकोत्सवको रुपमा प्याव्सन डे मनाउने गरेको छ । कार्यक्रममा बेलबारी नगरपालिका वडा न ९ का नि वर्तमान वडा अध्यक्ष नगेन्द्र खड्का ,अभिभाबक ,बिद्यालयका शिक्षक शिक्षिका , प्याब्सन अन्तर्गतका बिद्यालयका संचालकहरुको उपस्थिति रहेको थियो। कार्यक्रम भने बेलबारी प्याब्सन सदस्य कृष्ण प्रसाद दुलालले संचालन गरेका थिए।